२० वर्षे गाडीमा प्रतिबन्ध पछि सत्तारुढ दलभित्रै चर्को विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२० वर्षे गाडीमा प्रतिबन्ध पछि सत्तारुढ दलभित्रै चर्को विरोध

ललितपुर, ३ चैत । सरकारले २० वर्ष पुराना सवारीसाधनको सञ्चालनमा रोक लगाएकामा सत्तारुढ दलभित्रैबाट चर्को विरोध भएको छ । सरकारले चैत १ गतेदेखि २० वर्ष पुराना भाडाका सवारीसाधनको सञ्चालनमा रोक लगाएको थियो । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भाडाका २० वर्षे गाडीमा प्रतिबन्ध लगाइनु अव्यवहारिक भएको बताइन ।

महानगरीय ट्राफिक प्रहरी ललितपुरले शनिबार गरेको कार्यक्रममा माओवादी प्रवक्ता भुसालले २० वर्ष पुरानाभन्दा ५ वर्ष पुराना गाडीले पनि बढी धुवाँ फाल्ने गरेको भन्दै सरकारले गाडी व्यापारीहरुको प्रभावमा परेर प्रतिबन्ध लगाएको आरोप लगाइन । माओवादी केन्द्रकी प्रवक्ता भुसालले सडक दुर्घटना बढ्नुमा पुराना सवारीसाधनभन्दा सडकको दुरावस्था मुख्य कारण भएको बताइन ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सवारीसाधन चलाउनै नजान्नेलाई अनियमित तवरमा लाइसेन्स दिने गरिएका कारण दुर्घटना बढेको बताए । उनले लाइसेन्स वितरणमा कडाइ गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमका सहभागीहरुले सवारी दुर्घटना न्युनिकरणका लागि सडकको अवस्था सुधार गर्नुपर्ने उल्लेख गरे । उनीहरुले लेन अनुशासन पालना गराउनुपर्ने तथा ट्राफिक लाइट लगायत पूर्वाधारको विकास गर्नुपर्नेमा पनि जोड दिए ।

०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);