२० वर्षे गाडीमा प्रतिबन्ध लगाइनु अव्यवहारिक : पम्फा भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

२० वर्षे गाडीमा प्रतिबन्ध लगाइनु अव्यवहारिक : पम्फा भुसाल

pampha bhusal

काठमाडौं, ३ चैत । सरकारले २० वर्ष पुराना सवारीसाधनको सञ्चालनमा रोक लगाएकोमा सत्तारुढ दलभित्रैबाट चर्को विरोध भएको छ । सरकारले चैत १ गतेदेखि २० वर्ष पुराना भाडाका सवारीसाधनको सञ्चालनमा रोक लगाएको छ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भाडाका २० वर्षे गाडीमा प्रतिबन्ध लगाइनु अव्यवहारिक भएको बताएकी छन् ।

महानगरीय ट्राफिक प्रहरी ललितपुरले शनिबार गरेको कार्यक्रममा माओवादी प्रवक्ता भुसालले २० वर्ष पुराना सवारीले भन्दा ५ वर्ष पुराना गाडीले पनि बढी धुवाँ फाल्ने गरेको भन्दै सरकारले गाडी व्यापारीहरुको प्रभावमा परेर प्रतिबन्ध लगाएको आरोप लगाइन् ।

माओवादी केन्द्रकी प्रवक्ता भुसालले सडक दुर्घटना बढ्नुमा पुराना सवारीसाधनभन्दा सडकको दुरावस्था मुख्य कारण भएको बताइन् ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सवारीसाधन चलाउ नै नजान्नेलाई अनियमित तवरमा लाइसेन्स दिने गरिएको कारण दुर्घटना बढेको बताए । उनले लाइसेन्स वितरणमा प्रणालीमा अझ कडाइ गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमका सहभागीहरुले सवारी दुर्घटना न्युनिकरणका लागि सडकको अवस्था सुधार गर्नुपर्नेमा जोड दिए । उनीहरुले लेन अनुशासन पालना गराउनुपर्ने तथा ट्राफिक लाइट लगायत पूर्वाधारको विकास गर्नुपर्नेमा पनि जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);