भारतको विकल्प 'चीन' वा चीनको विकल्प 'भारत' हुन सक्दैन : परराष्ट्रमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

भारतको विकल्प ‘चीन’ वा चीनको विकल्प ‘भारत’ हुन सक्दैन : परराष्ट्रमन्त्री

काठमाडौं, ३ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ भित्रै दुबै छिमिकी राष्ट्रबाट नेपालको उच्चस्तरीय भ्रमण हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री  ज्ञवालीले वर्तमान सरकारले भारत र चीन दुबै छिमेकीराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्ने भन्दै यही बर्ष दुबै देशबाट उच्चस्तरीय भ्रमण हुने बताए ।

भारतको विकल्प चीन वा चीनको विकल्प भारत हुन नसक्ने भन्दै उनले दुवै छिमेकीसँग असल, सन्तुलित र पारस्परिक सम्बन्ध रहने स्पष्ट पारे । उनले नेपालको भूमिलाई कुनै पनि विदेशीका लागि प्रयोग हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अन्य महत्वपुर्ण सम्बन्ध राख्ने राष्ट्रका प्रमुखलाई पनि नेपालको भ्रमण गराउने प्रयासमा सरकार लाग्ने उनको भनाइ थियो । उनले संयुक्त राष्ट्रसंघमा नेपाल जस्ता साना राष्ट्रको हितमा नीतिहरु पुनरावलोकन गराउने तथा सार्कलाई सक्रिय बनाई बिम्स्टेकमा नेपालको भुमिकालाई प्रभावकारी बनाउने तर्फ आफुले प्रयास गर्ने बताए ।

सिरियामा जारी युद्धको विषयमा भने मानविय दृष्टिले सहानुभूति र चाँसो देखाउँदै उनले शक्ति राष्ट्रको स्वार्थको सिकार सिरिया जस्तो सानो राष्ट्र भएको बताए । उनले छिट्टै नै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी दुवैले छिमेकी राष्ट्रहरुको भ्रमण गर्ने जानकारी गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);