मन्त्रिपरिषद विस्तार गर्दा क्षेत्रीय र लैंगिक सन्तुलन कति मिल्यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मन्त्रिपरिषद विस्तार गर्दा क्षेत्रीय र लैंगिक सन्तुलन कति मिल्यो ?

रमेश वाग्ले

काठमाडौं, ३ चैत । तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय र लैंगिक सन्तुलन नमिलाएको टिप्पणी सुरु भएको छ । संविधानमा तोकेअनुसार अधिक्तम २५ सदस्यीय मन्त्रिमण्डल गर्न सकिने छ ।

तेस्रो पटकको विस्तारमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषदको संख्या २२ पुगिसकेको छ । ९ जना नयाँ अनुहार रहेको मन्त्रिपरिषदमा अब ३ जना थप्न सकिने अवस्था छ ।

संघीय लोकतान्त्रिक नेपाल सरमारमा आएमा अधिकतम २५ सदस्य हुने मन्त्रिपरिषदमा २२ सदस्यीय कोटा पूर्ण भएको छ । बाँकी ३ जना मात्र थपिने हुँदा मन्त्री पाउने भाग्यमानी जिल्लाहरुको संख्या भने सिमित बनेको छ ।

कुन प्रदेशबाट को बने मन्त्री

कास्की, गुल्मी र धनुषाले दुई–दुई मन्त्री पाएका छन् भने बाँकी केही जिल्लाले एक मन्त्री पाए पनि धेरै जिल्लाहरु भने शून्यमा पुगेका छन् । सुदुरपश्चिम सिंगो प्रदेश एक मन्त्रीमा सिमित भएको छ । नेकपा एमालेभित्र पनि यस विषयमा बहस चलिरहेकै छ ।

तर, एमाले नेताहरु क्षेत्रीय सन्तुलन हुन नसकेको बाहेक अन्य विषय अब सरकारको काम कारवाहीको मूल्यांकनको तयारीमा जुटेका छन् ।

कास्कीबाट पर्यटनमन्त्री रविन्द्र अधिकारी र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, गुल्मीबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट तथा धनुसाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्री बनेका छन् ।

संविधानले राज्यका सबै निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व भनेपनि २२ सदस्यीय मन्त्रिपरिषद्मा चार जना मात्र महिलाले स्थान पाएका छन् । निर्वाचनपछि ठूलै आसा जगाएर बनेको सरकारलाई चुनौताी भने थुप्रै छन् ।

प्रधानमन्त्री ओलीको मन्त्रीपरिषदमा अर्थमन्त्री युवराज खतिवडा र लालबाबु पण्डीत एक नम्बर प्रदेशको झापा र मोरङबाट बनेका छन् भने बाँकी १२ जिल्लाको प्रतिनिधित्व हुनसकेको छैन ।

प्रदेशनम्बर दुईबाट धनुषाका मातृका यादव र रघुविर महासेठ तथा सँगैको जिल्ला महोत्तरिका गिरिराजमणि पोखेल मन्त्री बने पनि बाँकी छ जिल्ला रित्तै भएका छन् ।

यस्तै प्रदेश नम्बर तीनबाट काठमाडौंका ईश्वर पोखरेल, चितवनका रामबहादुर थापा तथा सिन्धुपाल्चोकका शेरबहादुर तामाङ मन्त्री बनेका छन् । तुलनात्मक रुपमा क्षेत्रीय सन्तुलन देखिएको प्रदेश नम्बर तीनमा गोकुल बास्कोटा राज्यमन्त्री बनेका छन् ।

प्रदेशनम्बर–४ बाट तीन मन्त्री बनाएका प्रधानमन्त्रीले रविन्द्र अधिकारी र जगतबहादु्र सुनारलाई कास्कीबाट मन्त्री बनाएका छन् भने म्याग्दीकी थममाया थापा पनि मन्त्री बनेकी छन् ।

यस्तै प्रदेश नम्बर–५ बाट प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट मन्त्री बनेका छन् । कपिलबस्तुका चक्रपाणि खनाल र रोल्पाका वर्षमान पुन पनि मन्त्री बनेका छन् । प्रदेश नम्बर–६ बाट शक्तिबहादुर बस्नेत एकमात्र मन्त्री बनेका छन् भने प्रदेशनम्बर–७ बाट विना मगर एकमात्र मन्त्री बनेकी छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);