प्रदीप ज्ञवालीद्दारा नरेन्द्र मोदी र सी जिनपिङलाई नेपालको भ्रमण गराउने दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदीप ज्ञवालीद्दारा नरेन्द्र मोदी र सी जिनपिङलाई नेपालको भ्रमण गराउने दाबी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनीयाँ राष्ट्रपति सी जिनपिङलाई सन् २०१८ मा नेपालको भ्रमण गराउने दाबी गरेका छन ।

pradeep gyawali

काठमाडौं, ४ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनीयाँ राष्ट्रपति सी जिनपिङलाई सन् २०१८ मा नेपालको भ्रमण गराउने दाबी गरेका छन ।

परराष्ट्रमन्त्री ज्ञवालीले काठमाडौंमा एक साक्षात्कारमा सरकारले भारत र चीन दुबै छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्ने भन्दै मोदी र जिनपिङलाई यो वर्ष नेपालको भ्रमणमा ल्याउने बताए । उनले भारतको विकल्प चीन वा चीनको विकल्प भारत हुन नसक्ने भन्दै दुवै छिमेकीसँग असल, सन्तुलित र पारस्परिक सम्बन्ध राख्ने स्पष्ट पारे । उनले नेपालको भूमि कुनै पनि विदेशीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालजस्ता साना राष्ट्रको हितका लागि संयुक्त राष्ट्रसंघमा नीतिहरु पुनरावलोकन गराउन तथा सार्कलाई सक्रिय बनाई बिमस्टेकमा नेपालको भुमिकालाई प्रभावकारी बनाउन प्रयास गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);