छिमिकी राष्ट्रबाट नेपालको उच्चस्तरीय भ्रमण हुने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

छिमिकी राष्ट्रबाट नेपालको उच्चस्तरीय भ्रमण हुने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी

pradeep gyawali

काठमाडौं, ३ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ भित्रै दुबै छिमिकी राष्ट्रबाट नेपालको उच्चस्तरीय भ्रमण हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकारले भारत र चीन दुबै छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्ने भन्दै यही बर्ष दुबै देशबाट उच्चस्तरीय भ्रमण हुने बताए ।

भारतको विकल्प चीन वा चीनको विकल्प भारत हुन नसक्ने भन्दै उनले दुवै छिमेकीसँग असल, सन्तुलित र पारस्परिक सम्बन्ध रहने स्पष्ट परे । उनले नेपालको भूमिलाई कुनै पनि विदेशीका लागि प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अन्य महत्वपुर्ण सम्बन्ध राख्ने राष्ट्रका प्रमुखलाई पनि नेपालको भ्रमण गराउने प्रयासमा सरकार लाग्ने उनको भनाइ थियो । उनले संयुक्त राष्ट्रसंघमा नेपाल जस्ता साना राष्ट्रको हितमा नीतिहरु पुनरावलोकन गराउने तथा सार्कलाई सक्रिय बनाई बिम्स्टेकमा नेपालको भुमिकालाई प्रभावकारी बनाउने तर्फ आफुले प्रयास गर्ने बताए ।

सिरियामा जारी युद्धको विषयमा भने मानविय दृष्टिले सहनुभुति र चासो देखाउदै उनले शक्ति राष्ट्रको स्वार्थको सिकार सिरिया जस्तो सानो राष्ट्र भएको बताए । उनले छिट्टैनै नेपालका प्रधानमन्त्री र राष्ट्रपति दुवैले छिमेकी राष्ट्रहरुको भ्रमण गर्ने जानकारी पनि गराए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);