विज्ञताको सही प्रयोग हुन नसक्दा वातावरण प्रदुषण : लालबाबु पण्डित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विज्ञताको सही प्रयोग हुन नसक्दा वातावरण प्रदुषण : लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विज्ञताको सही प्रयोग हुन नसक्दा वातावरण प्रदुषणलगायतका समस्या निम्तिएको बताएका छन ।

lal babu pandit

काठमाडौं, ४ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विज्ञताको सही प्रयोग हुन नसक्दा वातावरण प्रदुषणलगायतका समस्या निम्तिएको बताएका छन ।

शनिबार राजधानीमा नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको उद्घाटन गर्दै मन्त्री पण्डितले विज्ञले आफ्नो विज्ञताको सही प्रयोग नगर्दा समस्या सिर्जना भएको बताए । जलस्रोतको धनी मुलुक नेपालका कयौं भू–भाग पछिल्लो समय सिंचाई अभावमा मरभूमिमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

हिमालमा हिउँ नपर्ने समस्याबाट हिमाली क्षेत्रको आकार सांघुरो बन्दै गएको उल्लेख गर्दै उनले लगानीको प्रतिफल आउने गरि काम गर्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);