काठमाडौंबाट १८ वटा गाडी र ३१ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौंबाट १८ वटा गाडी र ३१ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा

सरकारी गाडी दुरुपयोग गर्ने प्रवृतिलाई निरुत्साहित गर्न सरकारी अग्रसरता सुरु

काठमाडौं, ३ चैत । विदाका दिन सरकारी गाडी प्रयोग गरेर व्यक्तिगत काम गर्ने प्रवृतिलाई निरुत्साहित गर्ने अभियानमा सरकारी अग्रसरता सुरु भएको छ ।

गृह मन्त्रालयले सबै प्रदेशमा निर्देशन जारी गरी सरकारी गाडीको दुरुपयोगमा लगाएको प्रतिबन्ध कार्यान्वयनका क्रममा काठमाडौं उपत्यकामा मात्र १८ वटा गाडी तथा ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

गृह मन्त्रालयले आज काठमाडौंको थापाथली लगाएत विभिन्न ठाउँबाट विदाका दिन अधिकार दुरुपयोग गरि संचालन गरिएका सरकारी सवारी साधन नियन्त्रणमा लिएका छ । सरकारी गाडीको दुरुपयोग गर्ने क्रम बढेपछि सरकारी प्रयासमै त्यसको नियन्त्रण सुरु भएको छ ।

गृहमन्त्रालयले शनिबारदेखि लागू हुने गरी सार्वजनिक विदा र शनिबारका दिन सरकारी गाडी संचालनमा प्रतिबन्ध लगाएको हो । गृहमन्त्रालयले सबै प्रदेशमा लागु गर्नेगरी जारी गरेको निर्देशनको कार्यान्वयन शनिबारबाटै सुरु गरेको छ ।

गृहमन्त्रालयको निर्देशन काठमाडौं उपत्यकामा शनिबारबाटै कार्यान्वयन भएको छ । पहिलो दिन काठमाडौंमा १८ वटा गाडी तथा ३१ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिइएको छ ।

गृहको निर्देशनमा अत्यावश्यकीय काम तथा सरकारी प्रयोजनका भने कागजातका आधारमा संचालन गर्ने अनुमति दिइएको छ । तर, शनिबार संचालित गाडीहरुले त्यस्तो कागजात समेत नबोकेको पाइएको छ । त्यही कारण आज ठूलो संख्यामा सवारी नियन्त्रणमा परेका हुन् ।

सरकारी कामकाजको प्रयोजनकालागि सुविधामा दिएका गाडी तथा मोटरसाइकल ब्यक्तिगत प्रयोजनमा गुडाउनु सरकारी सम्पतिको दुरुपयोग हो । त्यस्तो दुरुपयोगलाई रोक्न पहल गर्ने सरकारी प्रयास सकारात्मक भएको सर्वसाधारणले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);