शनिवार सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शनिवार सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय

nabisang

पृष्पा पोखरेल
काठमाडौं, १९ माघ । सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेपाल विद्यार्थी संघले शनिवार सरकारी गाडी चल्न नदिने निर्णय गरेको छ । शनिवार र सरकारी विदाको दिनसमेत सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न यस्तो अभियान संचालन गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

सार्वजनिक विदाको दिन पनि सरकारी गाडी प्रयोग गर्ने क्रम वढेपछि अनाधिकृत सवारी प्रयोग रोक्ने निर्णय अनुरु यस्तो अभियान थालेको संघका उपाध्यक्ष पवनकुमार यादवले जानकारी दिए । पहिलो चरणमा शनिवार काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा चलेका सरकारी गाडी रोकिएको उनले बताए ।

बर्तमान सरकारले देशमा ब्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न योजना ल्याएको छ । तर, सुन तस्कारी, राजश्व छली, शान्ति सुरक्षा लगायतका विषयमा यो सरकार चुकेको नेविसंघका सहमहामन्त्री अम्बिका चलाउनेले बताए । उनले अहिलेको सरकार संसदीय अभ्यासलाई मिचेर भएपनि आफ्ना विषयलाई पारित गराउन अघि बढेको आरोप लगाए ।

यता, नेविसंघका अर्का महामन्त्री सरोज थापाले पनि सरकारी काम कारवाहीप्रति प्रधानमन्त्री केपी शर्मा ओली चुकेको दावी गरे । उनले सुशासनका विषयमा नेविसंले ल्याएका बिभिन्न कार्यक्रम मध्ये अनाधिकृत सरकारी गाडी प्रयोग रोक्ने पनि एक भएको बताए । उनले यसलाई कडा रुपले अघि बढाउँदै लैजाने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);