वडाध्यक्षले गरे सरकारी सवारीसाधनको दुरुपयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वडाध्यक्षले गरे सरकारी सवारीसाधनको दुरुपयोग

जीवन न्यौपाने
नवलपरासी, ४ माघ ।
पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष राजेन्द्र यादवले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने गरेको पाइएको छ ।

नगरपालिकाले वडाध्यक्षलाई सवारी सुविधाका लागी दिएको लु १ ब १९२३ नम्बरको मोटरसाईकल यादवले दुरुपयोग गर्ने गरेको पाइएको हो । विदाको दिन तथा अन्य दिनहरुमा पनि वडाध्यक्ष यादवले उक्त मोटरसाइकल आफन्त तथा आफ्ना पार्टीका कार्यकर्ताहरुलाई प्रयोग गर्न दिने गरेको सोही वडाका स्थानीय कुन्दन बानीयाले बताए ।

पटक पटक बडा अध्यक्षले सरकारी साधनको दुरुपयोग गर्दै आएपछि शनिवार स्थानीयले सो मोटरसाइकललाई केहि समय नियन्त्रणमा लिएर छाडेका थिए । बिदाको दिन पनि अरु कुनै ब्यक्तिलाई मोटरसाइकल प्रयोग गर्न दिएको भन्दै आफुहरुले मोटरसाइकल केहि समय नियन्त्रण गरेर छाडेको स्थानीयले बताए ।

यता वडाध्यक्ष यादबले पनि आफ्नो घरको निजी सवारी चालकलाई घरायसी सामाग्री लिनको लागि सुनवल बजारसम्म सवारी दिएको बताउदै अन्य दिनमा दुरुपयोग भएको भन्ने आरोप चाहि झुठो रहेको वताए । उनि नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);