नेपाल विद्यार्थी संघद्वारा विभिन्न जिल्लामा सरकार विरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल विद्यार्थी संघद्वारा विभिन्न जिल्लामा सरकार विरुद्ध प्रदर्शन

काठमाडौं, १९ माघ । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध विभिन्न जिल्लामा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । दुई तिहाईको दम्भमा सरकारले एकपछि अर्को गर्दै गलत निर्णय गरेको आरोप लगाउँदै प्रमुख विपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ अहिले देशव्यापी विरोधमा उत्रिएको छ ।

सहरका मुख्य मुख्य ठाउँमा विरोध प्रदर्शन गर्देै आएको नेविसंघ कतिपय ठाउँमा तोडफोडमा समेत उत्रेको छ । विरोध प्रदर्शनका क्रममा धनगढी, वीरेन्द्रनगर, पोखरा लगायतका ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा त नेविसंघका कार्यकर्ताले महानगरपालिकाको गाडीमै आगजनी गरेका छन् । यतिमात्र नभइ ठाउँठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);