नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, २६ कात्तिक । नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । सोमबार काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीको तस्वीर प्रयोग गरेर कार्टून बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरेका काभ्रेका कार्यकर्ता कृष्ण ढकालको रिहाईको माग गर्दै संघले सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।

आन्दोलनकारीहरुले ढकालको तत्काल रिहाई नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);