नेविसंघ असन्तुष्ट पक्षद्वारा तत्काल महाधिवेशन गराउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेविसंघ असन्तुष्ट पक्षद्वारा तत्काल महाधिवेशन गराउन माग

nabisang

काठमाडौं, २६ कात्तिक । नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले १२ औं महाधिवेशन हुने सुनिश्चित वातावरण निर्माण गर्न माग गर्दै पार्टी नेतृत्वलाई दवाव दिएको छ ।

गत कार्तिक १६ गतेदेखि काठमाडौंमा हुने भनिएको १२ औं महाधिवेशन पनि पछि सरेपछि महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट पक्षले महाधिवेशनको सुनिश्चित गराउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएको हो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महामन्त्री काफ्लेले विधानसम्मत ढंगले पार्टीको महाधिवेशन गराउन माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनु परेको बताए ।

उनले संस्थापन पक्षले नेतृत्व कब्जा गर्न विधान विपरितका गतिविधि गरेको भन्दै त्यसलाई रोक्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । असन्तुष्ट पक्षले तत्काल महाधिवेशन सुनिश्चित हुने वातावरण नबनाए पार्टी नेतृत्वविरुद्ध नै सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

असन्तुष्ट पक्षले नेतृत्वका लागि ३२ वर्षको उमेरहद तोक्ने पार्टीको निर्णयप्रति पनि आपत्ति जनाउँदै आएको छ । महामन्त्री काफ्लेले पार्टी नेतृत्वले संघको स्वायत्त अधिकारमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);