पौडेल पक्षले क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पौडेल पक्षले क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने

congress poudel samuha

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामि चैतमा अयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टहरुको बुधबार नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलले १४ औं महाधिशवेशन प्रभावित पार्ने गरी प्रशिक्षण आयोजना गरिएको भन्दै बहिष्कारको निष्कर्ष निकालेको हो । म्याद थपेर सहमतिमा महाधिवेशन कार्यतालिका प्रकाशित भएको अवस्थामा फेरी महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण कार्यक्रम गर्न लागिएकोले बहिष्कार गर्न लागेको असन्तुष्ट पक्षको भनाई छ

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामि चैतमा पार्टी क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने समय तोकेपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । कांग्रेसले ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षक प्रशिक्षण दिने तयारी गरेको हो । तर असन्तुष्ट पौडेल पक्षले भने केन्द्रीय महाधिवेशन नगराउने चलखेल भएको भन्दै बहिस्कार गर्ने निर्णय गरेको हो ।

भेलामा वरिष्ठ नेता पौडेल सहित महामन्त्री शशांक कोइराला, असन्तुष्ट केन्द्रीय सदस्यहरु तथा काठमाडौंमा उपलब्ध भएका जिल्ला सभापतिहरु र उपसभापतिहरुको सहभागिता रहेको थियो ।

काँग्रेसमा गत मंसिर २६ गतेबाट सुरु भएको विवाद माघ १० गते टुंगिएपनि फेरि विवाद सुरु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);