नेविसंघमा उस्तै भाँडभैलो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नेविसंघमा उस्तै भाँडभैलो

nebisang

काठमाडौं, २२ बैशाख । कांग्रेसभित्रको मतान्तरको असर भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्र समेत देखिन थालेको छ । नेतृत्वको कार्यशैली र महाधिवेशनको विषयलाई लिएर नेविसंघको संस्थापनइतर पक्षले समानान्तर बैठक सञ्चालन गरेका छन् ।

उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बिहीबार बसेको बैठकले नेविसंघ केन्द्रीय कार्यसमितिले पदाधिकारी र सदस्य मनोनयन, विश्वविद्यालय, जिल्ला, क्याम्पस, सीटीईभीटी, विदेशस्थित सम्पर्क समितिमा गरिएको मनोनयन र आमन्त्रित सदस्यको मनोनयन खारेज गर्ने निर्णय गरेको छ ।

महामन्त्री कुन्दन काफ्लेको संयोजनमा बसेको बैठकमा पदाधिकारीसहित दुई तिहाइ अर्थात ८४ जनाको उपस्थिति रहेको दाबी गरिएको छ । केन्द्रीय कार्यसमितिमा कुल १ सय ५१ सदस्य छन् । ‘१२ औं महाधिवेशनको सुनिश्चितताका निम्ति संगठन रूपान्तरणको हाम्रो आन्दोलन र अभियान निरन्तर जारी राख्छौं,’ शुक्रबार महामन्त्री काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थापनइतर पक्षले बैठक राखेको जानकारी पाउनासाथ पार्टी केन्द्रीय कार्यालयले त्यस्तो बैठकको आयोजना नगर्न निर्देशन जारी गरेको थियो । पार्टीले निर्देशन दिए पनि संस्थापन पक्षसँग असन्तुष्ट समूहले नेतृत्वको विधानविपरीतको कदम र गलत कार्यशैली सच्याउन बैठक राखिएको बताएको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले भने महाधिवेशन रोक्न नियतबाट अराजक समूहको बैठक बसेको बताउँदै त्यसमा दुई तिहाइ नपुगेको दाबी गरेको छ । ‘उक्त अराजक समूहको बैठकमा बहुमतसम्म पनि छैन, उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर ८२ जना पदाधिकारीसहितका सदस्यले हस्ताक्षर गरी पार्टी नेतृत्वलाई ज्ञापन बुझाइएको छ,’ महरले भने, ‘पोखरा महाधिवेशन बिथोल्ने समूहले अहिले महाधिवेशन हुन नदिन यस्तो गतिविधि चलाउन थालेका छन् ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);