सार्वजनिक यातायात चलाउन यातायात व्यवसायी तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सार्वजनिक यातायात चलाउन यातायात व्यवसायी तयार

gadi vada

काठमाडौं, ३ साउन । सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बोधन गरेको भन्दै यातायात व्यवसायीहरु सार्वजनिक यातायात चलाउन तयार भएका हुन् ।

केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बोधन भएकाले सार्वजनिक सवारी चलाउने व्यवसायीको भनाइ छ ।

सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । अहिले पनि उपत्यकामा केहि कम्पनीहरुले सार्वजनिक यातायात संचालन गरिरहेका छन् ।

सरकारले सार्वजनिक सवारीमा एउटा पंक्तिको एउटा सिटमा एक यात्रु मात्रै बस्ने मापदण्ड तोकेको छ । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);