यातायात मजदुर र सरकारबीच सहमति, तत्काल सार्वजनिक यातायात चल्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

यातायात मजदुर र सरकारबीच सहमति, तत्काल सार्वजनिक यातायात चल्ने

काठमाडौँ, २ फागुन । ट्राफिक प्रहरीको वृद्धि जरिवाना विरुद्ध भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा मन्त्रालयसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर तयार भएका हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु तत्काल सार्वजनिक यातायात व्यवसाय सञ्चालन गर्न तयार भएका हुन् ।

ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवानाविरुद्ध आज बिहानै देखि उपत्यकाका सार्वजनिक सवारी साधन चलेका थिएनन्। नेपाल यातायात स्वतन्त्र संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले सार्वजनिक यातायातको सेवा ठप्प पारेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);