काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प, वार्ताका लागि मन्त्रालयले बोलायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प, वार्ताका लागि मन्त्रालयले बोलायो

काठमाडौं, २ फागुन । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवानाविरुद्ध आज उपत्यकाका सार्वजनिक सवारी साधन चलेका छैनन् । नेपाल यातायात स्वतन्त्र संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले सार्वजनिक यातायातको सेवा ठप्प पारेका हुन् । अहिले उपत्यकामा सार्वजनिक यातायात सेवा ठप्प  रहेको छ । निजी सवारी साधन मात्र सञ्चालन भएपछि सडक खाली जस्तै देखिएको छ ।

सोमबार आक्रोसित मजदुरहरुले बालाजु बसपार्कमा प्रहरीको भ्यानमा आगजनी समेत गरेका थिए । हिजो आन्दोलनकारीले सडकमा राखिएका डिभाइडर, प्रहरी उभिने आइल्याण्डलगायतका संरचनामा समेत आगजनी र तोडफोड गरेका थिए ।

माछापोखरी, गोंगबु, सामाखुशी चोकमा मजदुरहरुले हिजो सडक अबरुद्ध पारेका थिए । आन्दोलनरत पक्षलाई आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बोलाएको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);