आन्दोलित यातायात व्यवसायी र सरकारबीच वार्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आन्दोलित यातायात व्यवसायी र सरकारबीच वार्ता सुरु

काठमाडौं, २ फागुन । आन्दोलित यातायात मजदुर/व्यवसायी र सरकारबीच वार्ता शुरु भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता शुरु भएको हो । सोमबार बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनपछि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलित पक्षलाई वार्तामा बोलाएका हुन् ।

ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवानाविरुद्ध आज उपत्यकाका सार्वजनिक सवारी साधन चलेका छैनन् । नेपाल यातायात स्वतन्त्र संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले सार्वजनिक यातायातको सेवा ठप्प पारेका हुन् ।

सोमबार आक्रोसित मजदुरहरुले बालाजुु बसपार्कमा प्रहरीको भ्यानमा आगजनी समेत गरेका थिए । हिजो आन्दोलनकारीले सडकमा राखिएका डिभाइडर, प्रहरी उभिने आइल्याण्डलगायतका संरचनामा समेत आगजनी र तोडफोड गरेका थिए ।

अहिले उपत्यकामा सार्वजनिक यातायात सेवा ठप्प जस्तै रहेको छ । निजी सवारी साधन मात्र सञ्चालन भएका छन् । माछापोखरी, गोंगबु, सामाखुशी चोकमा मजदुरहरुले हिजो सडक अबरुद्ध पारेका थिए ।

PHOTO : RONB

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);