आज राष्ट्रियसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

आज राष्ट्रियसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

काठमाडौँ, २ फागुन । राष्ट्रियसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक आज दिउँसो चार बजे बस्दैछ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९ र ०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने र दिगो विकास तथा सुशासन समितिले २०७८–७९ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुने छ भने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Leave a Reply