जागरण अभियान जनताको घरदैलोसम्म पुर्‍याउने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जागरण अभियान जनताको घरदैलोसम्म पुर्‍याउने कांग्रेसको निर्णय

nepali congress

काठमाडौं, १६ बैशाख । नेपाली काँग्रेसको पदाधिकारी बैंठकले नेपाली कांग्रेसको जागरण अभियानलाई देशब्यापी बनाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारीको सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैंठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याउने निर्णय गरेको कांग्रेस नेताहरुले बताएका छन् ।

बैठकमा सरकारको कार्यशैली र सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै जनताको घरदैलो सम्म पुर्याउने निर्णय भएको नेताहरुको भनाइ छ । यसैगरी बैठकले बैशाख २५ गतेबाट सातवटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताले संम्बोधन गर्ने निर्णय गरेको छ ।

बैंठकले सरकारले जनचाहना अनुसारको काम गर्न नसकेको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरकारको खवरदारी गर्ने निर्णय पनि गरेको छ । बैंठकमा सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शंशाक कोइराला लगायत शिर्ष नेताको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);