भ्रष्टलाई तत्काल कार्वाही गर्न माग गर्दै अख्तियारमा ज्ञापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भ्रष्टलाई तत्काल कार्वाही गर्न माग गर्दै अख्तियारमा ज्ञापन

काठमाडौं, १६ बैशाख । भ्रष्टहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का युवा/विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापन पत्र बुझाएका छन् । पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त)ले सोमबार भ्रष्टहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएका हुन् ।

मुलुकमा भ्रष्टचार व्यापक बन्दै गएकाले तत्काल नियन्त्रण गर्न माग गर्दै अख्तियारमा ज्ञापन पत्र बुझाइएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता राजेन्द्र गुरुङले जानकारी दिए । पार्टीमा आवद्ध युवा/विद्यार्थीहरुले ध्यानाकर्षण गराउँदा पनि भ्रष्टाचार नियन्त्रण गर्न सरकार र सम्बन्धित निकाय अग्रसर नभए भ्रष्टाचार नियन्त्रणका लागि कडा आन्दोलन गर्न सिंगो पार्टी नै बाध्य हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझाउन अख्तियार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का युवा/विद्यार्थीहरुले भ्रष्टचार नियन्त्रण गर्न नसकेको भन्दै सरकार र सम्बन्धित निकायविरुद्ध चर्को आलोचनासहित नाराबाजी गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);