प्रधानमन्त्री ओलीद्वारा भेरी-बबई सुरुङमार्गको 'ब्रेक थ्रु' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रधानमन्त्री ओलीद्वारा भेरी-बबई सुरुङमार्गको ‘ब्रेक थ्रु’

bheri babai brek throw

सुर्खेत, ३ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका छन् । मंगलवार सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले रिमोटबाट ‘ब्रेक थ्रु’ गरेका हुन् ।

प्रधानमन्त्रीले रिमोटको स्विच अन गरेपछि टनेल बोरिङ मेसिन (टीबीएम) निस्किन करिब २० मिनेट लागेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमै पहिलोपटक टीबीएमबाट भएको सुरुङमार्गले भेरी बबईलाई नमुना आयोजनाको रूपमा अघि बढाउने उल्लेख गरे ।

भेरीको पानी बबईमा मिसाएर बाँके तथा बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र ४६ दशमलव ८ मेगावाट विद्युत् निकाल्ने आयोजनाको लक्ष्य रहेको छ । चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);