काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘ज्वेलरी एक्स्पो’ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘ज्वेलरी एक्स्पो’ हुने

काठमाडौं, ३ बैशाख । आगामी जेठ ३, ४ र ५ गते काठमाडौंमा ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो एक्स्पो आयोजना गर्ने मिति सहितको कार्यक्रम सार्वजनिक गरेको हो ।

खानी तथा भूभर्ग विभागको सहकार्यमा सो एक्स्पो काठमाडौंको लैनचौरस्थित विभाग परिसरमै आयोजना हुनेछ । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पो आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए ।

मेलामा भारत, चीनलगायत एशीयाली र यूरोपियन मुलुकहरुसहित गरी ७० वटा कम्पनीहरुले भाग लिने पनि अध्यक्ष महर्जनले बताए । एक्स्पोमा अधिकतम सहभागिता जुटाउन विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैर आवासीय नेपाली संघलगायतका निकायसँग पनि सहकार्य भईरहेको महासंघले जनाएको छ ।

नेपाली गरगहनाको मौलिकता विश्वमै उदाहरणीय मानिन्छ । त्यसैले त्यसको प्रवद्र्धनका लागि पनि सो एक्स्पो उपयोगी हुने विश्वास गरिएको महासंघका अध्यक्ष महर्जनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);