सोल्टी होटलमा दुई दिने ज्वेलरी एक्स्पो सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सोल्टी होटलमा दुई दिने ज्वेलरी एक्स्पो सुरु

काठमाडौं, २६ पुस । नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो ज्वेलरी एक्स्पो सुरु भएको छ । शनिबारबाट काठमाडौंको सोल्टी होटलमा दुई दिने एक्स्पो सुरु भएको हो ।

नेपालको गहना व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउने उद्देश्यले मेला आयोजना भएको हो । ट्रेडिसनल गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु-याउने माध्यमका रुपमा एक्स्पोलाई प्रयोग गर्न सकिने र अन्तर्राष्ट्रिस्तरका गहना नेपालमै उत्पादन भएर प्रयोग हुन्छन् भन्ने सन्देश दिन पनि एक्स्पोले सहयोग गर्ने आयोजकले जनाएको छ ।

२४ वटा स्टल रहेको एक्स्पोमा २० करोड बराबरको कारोबार हुने अपेक्षा गरीएको नेपाल रत्न तथा आभूषण संघका सदस्य महेशमान श्रेष्ठले बताउनुभयो ।

संघका प्रथम उपाध्यक्ष सुमनमान ताम्राकारले एउटै छानामुनि विभिन्न उत्पादनहरु हेर्न पाइने, ग्राहकहरुले आफुलाई मन लागेको डिजाइन र आफ्नो मुल्य अनुसारको गहना किन्न पाउँने बताउनुभयो ।

एक्स्पोको उद्दघाटनपछि बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पहिले नेपाल कृषिमा आत्म निर्भर रहेपनि अहिले आयात गर्नुपर्ने आवस्था आएको बताउनुभएको छ ।

युवाहरु अहिले सबै विदेशीएका कारण कृषि उत्पादनमा कमि आएको उहाँको भनाई छ । मन्त्री भट्टले देशमा थुप्रै बहुमूल्य पत्थरहरु रहेको र त्यसको पहिचान गर्दै आर्थिक समृद्धिको अंग बनाउन पनि आग्रह गर्नुभयो ।

व्यापारघाटा कम गर्ने र निर्यात बढाउने सवालमा सरकारले गर्ने काम र कुराहरुमा केही समस्या नहुने भट्टले बताउनुभयो । आत्मनिर्भर कसरी बन्ने भन्नेमा केही समस्या आए आफुलाई सिधै फोन गर्न पनि मन्त्री भट्टले आग्रह गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);