माघ ४ देखि ६ गतेसम्म काठमाडौंमा ‘हिमालयन हाईड्रो एक्स्पो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

माघ ४ देखि ६ गतेसम्म काठमाडौंमा ‘हिमालयन हाईड्रो एक्स्पो’

काठमाडौं, १२ कात्तिक । आगामी माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा ‘हिमालयन हाईड्रो एक्स्पो’ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

हाईड्रोसँग सम्बन्धित सबै प्रविधिका बारेमा विस्तृत जानकारी दिने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए ।

३ दिनसम्म चल्ने एक्स्पोमा १ सय भन्दा बढि स्वदेशी तथा विदेशी स्टलहरु रहनेछन् । जलविद्युत लगानी कर्ता, उत्पादक र इन्जिनियर लगायतका यस क्षेत्रमा चासो दिने सबैका लागि एक्स्पो उपयोगी हुने विश्वास गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);