पुस २१ देखि २३ गतेसम्म भृकुटीमण्डपमा हाईड्रो एक्स्पो हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पुस २१ देखि २३ गतेसम्म भृकुटीमण्डपमा हाईड्रो एक्स्पो हुने

काठमाडौं, ११ पुस । आगामी पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हाईड्रो एक्स्पो आयोजना हुने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हाइड्रो पावरको विकास र विस्तारमा योगदान दिने उद्देश्यका साथ अन्तराष्ट्रिय स्तरको हाईड्रो एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

नेपालको जलविद्युतको बजार विस्तार गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, सप्लायर्स, डिजाईनर्स, कन्सल्टयान्ट, लगानीकर्ता र बैँक तथा वित्तिय संस्थाहरुसहित करिव सय वटा स्टल रहनेछ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, इटली, बलायत, ब्राजिल लगायतका मुलुकका कम्पनीहरु पनि सहभागी हुने संघका अध्यक्ष गुरागाईँले बताए । ३ दिनसम्म चल्ने एक्स्पोमा ५० हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);