नेपालमा पहिलो पटक ‘चीन दक्षिण एशीया एक्स्पो नेपाल’ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, ६ कार्तिक । नेपालमा पहिलो पटक ‘चीन दक्षिण एशीया एक्स्पो नेपाल’ आयोजना हुने भएको छ ।

आगामी कार्तिक १६ गतेदेखि १९ गतेसम्म काठमाडांैंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा पहिलो पटक ‘चीन दक्षिण एशीया एक्स्पो नेपाल’ आयोजना गर्न लागिएको हो । चिनियाँ बस्तु, मेसिन र त्यहाँको प्रविधि नेपाल भित्र्याउने उद्देश्यका साथ एक्पो आयोजना गर्न लागिएको नेपाल–चीन कार्यकारी परिषदका अध्यक्ष अनुपराज भट्टराईले जानकारी दिएका छन्।

नेपाल, चीन, भारत, पाकिस्तान, श्रीलंका, म्यान्मार, बंगलादेशसमेत सहभागी हुने एक्स्पोमा १ सय ५० वटा भन्दा बढि स्टल रहनेछ । ४ दिनसम्म चल्ने एक्स्पोमा १ लाख भन्दा बढिले अवलोकन गर्ने र १० करोड भन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);