काठमाडौंमा ‘नेपाल-भारत लगानी एक्स्पो’ आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंमा ‘नेपाल-भारत लगानी एक्स्पो’ आयोजना हुने

काठमाडौं, ३१ बैशाख । काठमाडौंमा ‘नेपाल–भारत लगानी एक्स्पो’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रन्चाईँज कम्पनीको संयुक्त आयोजनामा जेठ १ गतेबाट सो एक्स्पो सुरु हुने भएको हो ।

नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनु भयो । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो दिन बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ । काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा २ दिनसम्म सो एक्स्पो आयोजना हुनेछ ।

एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिनेछन । एक्स्पोमा नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);