सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’

रसुवा, ७ चैत । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग शुक्रबार ‘ब्रेकथ्रु’ भएको छ ।

आयोजनाको ३ हजार ६ सय ७४ दशमलव ८ मिटर लम्बाइ रहेको मुख्य सुरुङ मार्ग ब्रेक थ्रु भएको सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ ।

सबैभन्दा महत्वपूर्ण मानिएको मुख्य सुरुङमार्ग ब्रेक थ्रु गर्ने काम सकिएसंगै आयोजनाको काम करिब ७७ प्रतिशत सकिएको छ । आयोजनामा अहिले पावरहाउस निर्माण र पेनस्टक पाइप राख्ने काम भइरहेको छ ।

माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट निस्केको पानी र छुप्तुङ खोलाको पानीलाई मिसाइ ३ हजार ६ सय ७४ दशमलव ८ मिटर लामो सुरुङ र ९ सय ४० मिटर लामो पेनस्टक पाइपबाट चिलिमेमा ३ वटा टर्बाइन मार्फत ४२ दशमलव ५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

२०७७ को दशैंसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेको छ । तर कोरोना भाइरसको प्रभाव आयोजनामा पनि परेको छ । नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक तथा कामदार उतै रोकिँदा आयोजनाको इलेक्ट्रोमेकानिकलको काम नै प्रभावित भएको छ ।आयोजनाको कुल लागत ५ अर्ब २० लाख रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);