संसदीय समितिमा शब्दहरुमा सांसदहरुबीच मतान्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संसदीय समितिमा शब्दहरुमा सांसदहरुबीच मतान्तर

काठमाडौं, १९ भदौ । संसदीय समितिहरुमा आफ्ना शब्दहरुमा सांसदहरुबीच मतान्तर देखिने गरेको छ । संसदीय समितिमा छलफलमा रहेका बिधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफुले चाहेको शब्द राख्नु पर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो ।

बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो देखियो । समितिमा संघिय निजामती सेवा सम्बन्धि मूल बिधेयकमा दफाबार छलफल चलिरहेको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावल र नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको धारणामा मतान्तर जस्तो देखिएको हो । दुवै सांसदले ब्यक्त गर्नु भएको बिचारको अन्तर्य एउटै हो तर आफुले प्रयोग गरेको शब्द नै विधेयकमा राख्नु पर्ने अडान देखियो ।

दुवै जना सांसदले राख्नु भएको विचार ऐनको प्रस्तावनामा केके कुरा राख्ने भन्नेमा केन्द्रित थियो । तर एकै अर्थ लाग्ने फरक फरक शब्दको प्रयोग र आफुले प्रयोग गरेको शब्द नै विधेयकमा उल्लेख गर्नु पर्ने अडानले कहिले काही व्यक्तिगत सवाल जवाफ पनि हुन पुगेको छ । यस्तोमा समितिमा छलफलमा सहभागी भएका मन्त्रालयका पदाधिकारी पनि अलमलमा परेको देखियो । आजको बैठकमा यस्तै भयो।

समितिमा यसप्रकारको छलफल बिधेयकलाई सरल र समृद्ध बनाउन सहयोगी त बन्न सक्छ तर समयमा बिधेयक माथिको छलफल सकिएर सदनमा पेश हुन समय लागेको छ । यो बिधेयक पास नभएको कारण प्रदेश संसदले बनाउने धेरै बिधेयक रोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);