डा. केसीको माग सम्बोधन गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

डा. केसीको माग सम्बोधन गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

nepali congress

काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिकित्सक गोबिन्द केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक र डाक्टर गोविन्द केसीको अनसनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले केसीको मागमा गम्भिर हुन सरकारलाई आग्रह गरे ।

सविंधानमै जनताको मौलिक हक र अधिकारलाई किटान गरेको हुँदा समुचित स्वास्थ्य र समुचित शिक्षा आम नागरिकहरुको मौलिक अधिकार भएको तर्फ सचेत हुनुपर्ने उनको भनाइ छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले गोबिन्द केसी, बालकृष्ण ढुङ्गेल र गगांमाया अधिकारीका नाममा सरकारलाई इमोसनल व्ल्याकमेल गरेको आरोप लगाए । राजनीतिक एजेण्डा सकिएपछि प्रतिपक्षी दलले यस्ता विषय उछालेर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

सरकारले गैह्र न्यायिक हिसारतमा राखेको भनेर प्रतिपक्षी दलले झुटो प्रचार गरेको भन्दै उनले गोेविन्द केसी आफुखुसी जुम्लामा गएर अनसन बसेको बताए । उनले अनावश्यक मुद्धा उठाएर संसदको समय बर्बाद गरेको टिप्पणी गरे। सांसद भट्टराईले शक्तिशाली संसदीय छानवीन समिति बनाएर आजसम्मका सम्पूर्ण मेडिकल कलेजको छानविन गर्न आग्रह गरे ।

यसअघि सम्बन्धन पाएका मेडिकल कलेजको गुणस्तरमा प्रश्न उठेका कारण संसदले शक्तिशाली संसदीय छानवीन समिति बनाएर सम्पूर्ण मेडिकल कलेजको छानवीन गर्नुपर्ने उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);