डा. केसीको समर्थनमा नेविसंघको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डा. केसीको समर्थनमा नेविसंघको प्रदर्शन

काठमाडौं, २२ असोज । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न सरकारलई दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पुरा गर्नुपर्ने बताउनुभयो । तर सरकारल डा. केसीका माग पुरा गर्न गम्भिर नदेखिएको काफ्लेले बताउनुभयो ।

सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको बताउनुभयो ।

विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानेर सहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पुरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विधार्थीहरु उपस्थित भएका थिए ,

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);