परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त


काठमाडौं, २३ असोज । सरकारले भरतराज पौडेलललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौडेललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

पौडेल पराष्ट्र मन्त्रालयमा वैरागीपछि वरिष्ठ सहसचिव हुनुहन्थ्यो । वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको भइसक्नु भएका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।

परराष्ट्र सचिवको रुपमा तीन जनाको चर्चा रहेपनि सरकारले वरिष्ठतालाई नै आधार मानेर पौडेललाई सचिव नियुक्त गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);