तत्काल एनआरएनए निर्वाचन गर्न परराष्ट्र सचिव पौडेलसँग माग | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

तत्काल एनआरएनए निर्वाचन गर्न परराष्ट्र सचिव पौडेलसँग माग

लन्डन । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको १०औं महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानार्कण गराएका छन् । उनले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर संघको निर्वाचन गर्न आतुर रहेको जानकारी दिए ।

शर्माले संघको निर्वाचन रोकिँदा विश्वव्यापी रूपमा अन्याेल कायम रहेको बताउँदै तत्काल निर्वाचनको वातावरण बनाउन आग्रह गरे । परराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपपछि संघको १०औं महाधिवेशन रोकिएकाले शर्माले परराष्ट्र सचिवको ध्यानार्कषण गराएका हुन् ।

सचिव पौडेलले आफू कर्मचारी भएकाले आफ्नो दायराभित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले संघको निर्वाचन र महाधिवेशनको लागि शुभकामना पिन दिए । गत महिनाका लागि तय भएको संघको निर्वाचन पुनः ३० नोभेम्वरमा गर्ने वातावरण बनाउन संघका अध्यक्ष कुमार पन्तलाई जिम्मेवारी दिइएको छ । संघभित्र प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन अनौपाचारिक छलफल जारी रहेको संघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);