‘दुबई एक्स्पो’मा नेपाली मौलिक संस्कृति प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

‘दुबई एक्स्पो’मा नेपाली मौलिक संस्कृति प्रदर्शन

खोटाङ । यूएईमा जारी ‘दुबई एक्स्पो’मा नेपालका आदिवासी जनजातिको मौलिक संस्कृति प्रदर्शन सुरु गरिएको छ । १५ असोजबाट सुरु भएको ‘दुबई एक्स्पो–२०२०’मा नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाईमा नेपालका विभिन्न जातजातिको मौलिक पहिचान झल्काउने साँस्कृतिक झाँकी तथा नाच प्रदर्शन गरिएको छ ।

शुक्रबार किराँत राई यायोक्खाले आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजासहित मौलिक झाँक्री तथा साकेला नाच प्रस्तुत गरेको छ । मौलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकी प्रदर्शनीले दुबईमा नेपालको झल्को दिलाएको आदिवासी जनजाति पत्रकार महासंघ यूएईका सदस्य तिलक साम्पाङ राईले जानकारी दिए । नेपाली झाँकीले एक्स्पोमा आएका विदेशी पर्यटकको समेत ध्यान खिचेको थियो । 

६ महिनासम्म चल्ने एक्स्पोमा प्रत्येक शुक्रबार जनजाति महासंघमा आबद्ध संघसंस्थामार्फत तामाङ समुदायको सेलो, नेवार समुदायको लाखे, मगर समुदायको नाच लगायतका साँस्कृतिक झाँकी तथा नाच प्रदर्शन गर्नेछ । विश्व स्तरीय मञ्चमा नेपाली मौलिक संस्कृति प्रस्तुत हुनु सिंगो देशको लागि गौरवको विषय भएको आदिवासी जनजाति महासंघ यूएईका संरक्षक पासाङ शेर्पाले बताए । नेपाली मौलिक संस्कृतिलाई विश्व सामु चिनाउन ‘दुबई एक्स्पो’ महत्वपूर्ण प्लेटफर्म बनेको दावी गरिएको छ ।

दुबई एक्स्पोका लागि आयोजकले नेपाललाई २१३ वर्गमिटर फिट ठाउँ उपलब्ध गराएको छ । दुबई एक्स्पोमा इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले नेपाली टोलीको नेतृत्व गरिरहेको छ । एक्स्पोमा नेपाली मौलिक सजावटका स्टलहरू पनि राखिएका छन् । एक्स्पोमा विश्वका १८० देशको पेभेलियन बनाइएको छ । सन् २०२० मै गर्न खोजिएको एक्स्पो कोरोना महामारीका कारण यस वर्ष सरेको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);