ललितपुरको कार्तिक डवलीमा शुरुभएको ऐतिहासिक तथा धार्मिक महत्वको कार्तिक नाच (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

ललितपुरको कार्तिक डवलीमा शुरुभएको ऐतिहासिक तथा धार्मिक महत्वको कार्तिक नाच (भिडियाेसहित)

लातिलपुर । एतिहासिक तथा धार्मिक महत्वले भरिएको कार्तिक नाच गत बुधवारबाट लातिलपुरको कार्तिक डवलीमा शुरुभएको छ । आजभन्दा तिनसय असि वर्ष अगाडि शुरु भएको यो नाच राजा सिद्धिनरसिंह मल्लले देशमा अनिकाल, अनिष्ट र प्रकोपहरु केहि पनि नहोस देश र जनताको कल्याण हुने उद्देश्यले शुरु भएको मानिन्छ ।

धार्मिक राजा समेत मनिने राजा सिद्धिनरसिंह मल्लका गुरु द्घय विश्वनाथ राजउपाध्याय र हरिवंशराज उपाध्याय सँग सल्लाह गरेर नरसिंह र वराहको नृत्य प्रस्तुत गरेमा देश जनता र महामारी प्रकोपहरुबाट बच्न धेरै सजिलो हुने सल्लाह अनुरुप यो नाच शुरु भएको हो ।

३ सय असी वर्षसम्म निरन्तर चलिरहेको यो नाच यस वर्ष कोरोना कहर पूर्ण रुपमा निर्मूल नभइसकेकाले आठ दिन मात्र गर्न लागिएको हो । गत वर्ष पनि कोरोनाका कारण २ दिनमात्र गरिएको थियो । विगतका वर्षहरु यो नाच २७ दिन प्रस्तुत गरिने गरिन्थ्यो ।

आठ दिन सम्म प्रस्तुत गरिने यो नाच हरेक दिन फरक फरक विधामा नाचहरु प्रस्तुत गरिने परम्परा रहेको छ । प्रस्तुतहुने नाचले समाजमा विभिन्न किसिमका सन्देशहरुपनि प्रभाव गर्दछ । यसैगरि यहाँ प्रस्तुत गरिने नरसिंह र वराह नाचभने तान्त्रिक रुपमा प्रस्तुत गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);