गाई चराउन गएका गडरियाको बाघको आक्रमणबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८१, बुधवार

गाई चराउन गएका गडरियाको बाघको आक्रमणबाट मृत्यु

नेपालगञ्ज । बाँकेको नरैनापुरमा गाई चराउन जंगल गएका नरैनापुर गाउँपालिका- ४ पण्डितपूर्वाका लखन गडरियाको बाघकाे आक्रमणबाट मृत्यु भएकाे छ । उनकाे शरीर बाघले आधा खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।

मृतक गडरिया गाई चराउन गत २५ कात्तिकमा जंगल गएका थिए । उनी फर्केर नआएपछि खोजतलास गर्दा शनिवार राति बाघले आधा खाएको अवस्थामा जंगलमा शव फेला परेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । उनले गडरियाको शवनजिकै एउटा गाई समेत बाघले मारेर खाएको भेटिएको बताए । ‘मृतक गडरियाको शवको पिठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । घटनास्थल नजिकै बाघले एउटा गाईसमेत मारेको छ । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन्’ प्रहरी निरिक्षक गौतमले भने ।

नरैनापुरको पर्यटकस्थल गोवद्र्धनधामदेखि पाँच किलोमिटर पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो । गाई चराउन जंगलमा एक्लै गएका गडरियाको बाघको आक्रमणमा परेर मृत्यु भएपछि स्थानीय प्रशाशनले स्थानीयलाई वनजंगल नजान आग्रह गरेको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);