शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं, १५ असोज । सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

त्यस्तै सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको छ । साथै आज मात्रै मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरिएको बताइएको छ ।

सरकारले कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);