सरकारद्वारा भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारद्वारा भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस

nilaambar achary

काठमाडौं, २६ कात्तिक । पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत रहेका निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

मन्त्रिपरिषद्को आजको बैठकले राजदूतमा आचार्यलाई सिफारिस गरेको हो । सरकारले यसअघि भारतका लागि नेपाली राजदूतमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेकाे थिएन ।

सरकारले यसअघि मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस गरेकाे थियाे ।

याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा छापिएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);