सरकारले मन्त्रालय फुटाए विरोधमा उत्रिने नेता पौडेलको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

सरकारले मन्त्रालय फुटाए विरोधमा उत्रिने नेता पौडेलको चेतावनी

ramchandra paudel

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए विरोधमा उत्रिने चेतावनी दिनुभएको छ ।

सत्तारुढ नेकपाभित्र केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल भइरहेको सार्वजनिक भएपछि नेता पौडेलले बिहीबार उक्त चेतावनी दिनुभएको हो ।

जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने नेता पौडेलले बताउनु भएको छ ।

पौडेलले ट्वीटरमा मार्फत कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था आइसकेको, जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने कुराको विरोध गर्नुभएको हो ।

देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम भइरहेको भन्दै नेता पौडेलले देशलाई भार पर्नेगरी मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिको अन्त हुनुपर्नेमा जोड दिनु भएको छ ।

Leave a Reply