यातायात नचलेपछि सिरहामा सर्वसाधारणको दैनिकी कष्टकर | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

यातायात नचलेपछि सिरहामा सर्वसाधारणको दैनिकी कष्टकर

siraha

सिरहा, ५ असोज । सिरहामा शुक्रवार यातायात नचलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । यातायात मजदुरले नयाँ यातायात ऐन संशोधनको माग राख्दै यातायातका साधन नचलाएपछि सर्वसाधरणको दैनिकी कष्टकर बनेको हो ।

मजदुरहरुले आफ्ना माग पुरा गराउन सिरहाका विभिन्न ठाउँमा सरकारी तथा नीजि सवारी साधनलाई अवरोध समेत पु¥याएका थिए । आन्दोलनमा सहभागीहरुले ऐनमा १० वर्षे काराकार जानुपर्ने व्यवस्था नहटाए निरन्तर आन्दोलन गर्ने बताए ।

सवारी साधन नचलेपछि सर्वसाधरण लामो दुरीको यात्रा पैदलबाट गर्न बाध्यता भएका छन् । दशैं जस्तो ठूलो पर्व नजिकिँदै गर्दा चालकहरुले आन्दोलन गरिदिँदा थप जटिलता थपिएको सर्वसाधारणको भनाई छ ।

ताजा समाचार