युनिग्लोव कलेजद्वारा कम्युनिकेशन र फाइनान्स ल्याबको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

युनिग्लोव कलेजद्वारा कम्युनिकेशन र फाइनान्स ल्याबको उद्घाटन

uniglobe college

काठमाडौं, ५ असोज । युनिग्लोव कलेजले इक्यसुवेशन सेन्टर, कम्युनिकेशन ल्याब तथा फाइनान्स ल्याबको उद्घाटन गरेको छ । कलेजले बहुआयमिक तथा समय अनुकुल विशिष्ट शिक्षा र प्रयोगात्मक अभ्यासलाई विशेष प्रोत्साहन प्रदान गर्ने उद्देश्यले इन्क्युवेशन सेन्टर, फाइनान्स ल्याव र कम्युनिकेशन ल्यावको उद्घाटन गरेको हो ।

कार्यक्रमका सभापति डा.खगेन्द्र ओझाले विधार्थी केन्द्रित शिक्षा र बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न युनिग्लोव कलेज लागि परेको भन्दै खुसी व्यक्त गरे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापाद्वारा सम्पूर्ण कार्यक्रमको उद्घाटन गरिएको थियो ।

ताजा समाचार