रुपन्देहीमा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

रुपन्देहीमा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दै

nepali nagarikta

विमल पुरी
रुपन्देही, ५ असोज
। रुपन्देहीमा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दै गएको छ । गत भदौ ६ गते एकै दिन जिल्ला प्रशासन कार्यालयबाट ५ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

बुटवल उपमहानगरपालिका १० का क्रान्ति थापा र तुल्सी प्रसाद थापाले हङकङको नागरिकता लिन नेपाली नागरिकता त्यागेको प्रशासनको तथ्यांकमा उल्लेख छ । उनीहरु एकै परिवारका हुन् । यस्तै टिकुलीगढका रिजन गुरुङ र नाबालक रेवती गुरुङले कोरियाको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्यागे । उनीहरु पनि एकै परिवारका सदस्य हुन् । यस्तै, सेमलारका नुरे सुनारले बेलायतको नागरिकता लिन भन्दै सोही दिन नै नेपाली नागरिकता त्यागे ।

पछिल्लो समय जिल्लामा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दो क्रममा छ । अहिले सम्म २ सय ३० जनाले नेपाली नागरिकता त्यागिसकेको प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले बताए ।

रुपन्देहीमा विगत पाँच वर्षको अवधिमा मात्रै ७२ जनाले नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । आखिर किन त्याग्छन् त नेपालीले नेपाली नागरिकता ?

समाजशास्त्री उमेशचन्द्र रिजालका अनुसार नेपालमा स्थिरता नहुनुनै मुख्य कारण भएको बताउँछन् । उनले श्रमको कुनै मूल्य नहुनु तथा बाह्य मुलुकमा पर्याप्त सम्भावना र अवसरहरु देखेर नागरिकता त्याग्नेको संख्या वढेको समाजशास्त्री उमेशचन्द्र रिजालले भनाई छ ।

कानुनमा एक व्यक्तिले दुई देशको नागरिकता लिन नपाउँने व्यवस्था छ । त्यसैले कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

नेपाली नागरिकता त्यागेर सबैभन्दा बढी हङकङ र बेलायतको नागरिकता लिनेको संख्या बढी छन् । यस्तै सिंगापुर, अष्ट्रिया, कोरिया, क्यानाडा, अमेरिकाको नागरिकता लिने पनि छन् । भारतको नागरिकता लिने भने एक दुई जना भेटिने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);