सार्वजनिक लेखा समितिको सभापतिमा शाह निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सार्वजनिक लेखा समितिको सभापतिमा शाह निर्विरोध निर्वाचित

काठमाडौं, ५ असोज । प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा भरतकुमार शाहलाई निर्विरोध चयन गरेको हो । एक जनाको मात्रै उम्मेदवारी परेकाले शाह सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य सरदसिंह भण्डारीले जानकारी दिए ।

यसैबीच, नवनिर्वाचित सभापति शाहले मुलुकमा बढ्दो बेरुजु घटाउने कामलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । उनले समितिको क्षेत्राधिकार भित्र रहेर मुलुकमा आर्थिक अनियमिता हुन नदिन सरकारमाथि कडा निरगानी राख्ने योजना पनि सार्वजनिक गरे । सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति शाह प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसका सांसद हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);