काठमाडौंमा बेईजिङ शैक्षिक मेला आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंमा बेईजिङ शैक्षिक मेला आयोजना

bejing expo

काठमाडौं, १० असार । काठमाडौंमा एक दिने बेईजिङ शैक्षिक मेला आयोजना गरिएको छ । चीनको राजधानी बेईजिङलाई विश्वकै शैक्षिक आकर्षणको केन्द्र बनाउने अभियान अन्तर्गत नेपालमा पनि आईतबार एक दिने बेइजिङ शैक्षिक मेला आयोजना गरिएको हो ।

कम्युनिकेशन युनिभर्सिटी अफ चाईना, बेईजिङ युनिभर्सिटी अफ चाईनालगायत त्यहाँका करिब १२ वटा भन्दा बढि प्रतिष्ठित शैक्षिक संस्थाहरु सहभागी रहेको मेलामा बेईजिङ अध्ययनका लागि आवश्यक सबै जानकारीहरु उपलब्ध गराइएको छ ।

मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले चीनले नेपालको विकासका लागि विविध क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको स्मरण गराए ।

चीनको राजधानी बेईजिङमा हाल करिब १ लाख ३० हजार विदेशी विद्यार्थीहरु अध्ययनरत छन । बेईंजिङ शिक्षा आयोगले विश्वकै शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने गरी बेइजिङको शिक्षा विकासमा जोड दिएको छ । हाल बेइजिङमा मात्रै विभिन्न विषयमा ९२ वटा विश्वविद्यालयको व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);