कलंकीबाट चरेश र अफिमसहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कलंकीबाट चरेश र अफिमसहित भारतीय नागरिक पक्राउ

lagu aushad

काठमाडौं, १० असार । दुई सय १३ केजी चरेश र दुई केजी २ सय ५० ग्राम अफिमसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले लागुऔषधसहित भारत मोतिहारीका मेराज अलामलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरीले लागू औषध कारोबारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको ट्रक पनि नियन्त्रणमा लिएको छ । आइतबार पत्रकार सम्मेलन गरी व्यूरोका प्रमुख ठूले राइले नेपालको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पुर्‍याउने योजनाका साथ ट्रकमा राखिएको अवस्थामा सो लागू औषध बरामद गरिएको जानकारी दिए ।

मेराजको लागू औषध कारोबारबारे विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);