'विधिको शासनबाटै सुशासन कायम' | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

‘विधिको शासनबाटै सुशासन कायम’

पोखरा, २८ माघ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाटै सुशासन कायम गर्न सकिने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कानून अनुरुप यो वा त्यो नभनी शुद्ध आचरणका साथ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औंँल्याए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले प्रत्येक राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्वलाई आत्मसात गरी काम गर्न सके मात्र जनताले अपेक्षित सुविधा पाउने बताए ।