चैत्र १४ गतेबाट भुकृटीमण्डपमा ८औं अन्तर्राष्ट्रिय व्यापार मेला हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चैत्र १४ गतेबाट भुकृटीमण्डपमा ८औं अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाडौं, १२ चैत । यही चैत्र १४ गते बिहीबारबाट काठमाडौंको भुकृटीमण्डपमा ‘८ औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली बस्तुको अन्तर्राष्ट्रिय बजारमा प्रवरेद्धन गर्न टेवा पु-याउने उद्देश्यका साथ सो मेला यस वर्ष पनि आयोजना गर्न लागिएको जानकारी गराएको हो । मेलाबाट मुलुकमा वैदेशिक लगानी भित्र्याउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

५ दिनसम्म चल्ने मेलामा भारत, चीन, बंगलादेशसहित २ सय २५ वटा स्टल रहनेछ । विभिन्न देशका निजी क्षेत्रा पनि मेलामा सहभागी हुने भएकाले त्यसले मुलुकको समृद्धिको अभियानमा टेवा पुग्ने विश्वास गरिएको महासंघकी अध्यक्ष राणाले बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);