काठमाडौंमा ‘नेपाल-भारत फ्रेन्चाईज लगानी मेला’ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौंमा ‘नेपाल-भारत फ्रेन्चाईज लगानी मेला’ हुने

काठमाडौं, २१ चैत । काठमाडौंमा ‘नेपाल–भारत फ्रेन्चाईज लगानी मेला’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेष्ठ १ र २ गते काठमाडौंमा सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

नेपालको उद्यम विकास र समृद्धिका लागि आवश्यक लगानी भारतको निजी क्षेत्रबाट पनि भित्र्याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । २ दिनसम्म चल्ने मेलामा दुई मुलुकबीचको शिक्षा, स्वास्थ्य, खाद्यन्नलगायतका क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तृत छलफल हुनेछ ।

महासंघले मेलामा भारतीय उद्योगीहरुले आफ्नो उत्पादनहरु प्रदर्शन गर्ने छन भने नेपालले पनि भारतीय बजारमा लैजाने ब्रान्डहरुको प्रदर्शन गर्ने जनाएको छ । भारतको निजी क्षेत्रले नेपालको होटल व्यवसाय, शिक्षा र स्वास्थ्यको क्षेत्रमा संयुक्त लगानी गर्ने चासो राख्दै आएको छ ।

महासंघ र नेपालस्थित भारतीय दुतावासको संयुक्त आयोजनामा आयोजना गर्न लागिएको मेलाले नेपालमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउन सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);